दफा
घर जग्गा प्राप्त गर्ने कुरामा उजूर गर्ने
(१) दफा ४ को उपदफा (१) बमोजिम घर जग्गा प्राप्त गरिने कुराको सूचना टास भएकोमा सो सूचनामा चित्त नबुझ्ने सरोकारवाला व्यक्तिले सो सूचना टास भएको मितिले बाटोको म्याद बाहेक पैंतीस दिनभित्र समिति समक्ष उजूर दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजूरीमा आवश्यक जाँचबुझ गरी समितिले निर्णय गर्नेछ ।
(३) उपदफा (२) बमोजिम समितिले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।